बुङ्वाखा–विष्णु–मकर बान्तावा राष्ट्रिय पुरस्कार अक्षयकोषको मुलधनमा वृद्धि

0
109
अक्षयकोष तथा बुङ्वाखा संरक्षक श्रीमती विष्णुदेवी बान्तावाले बुङ्वाखा सम्पादक पदम राईलाई चेक हस्तान्तरण गर्नुहुँदै ।

‘बुङ्वाखा–विष्णु–मकर बान्तावा राष्ट्रिय पुरस्कार– २०७०’ को लागि स्थापित अक्षयकोष मा १ लाख ११ हजार ३ सय २९ रुपैयाँ रकम वृद्धि गरी अक्षयकोषको मूलधन रु. ७ लाख पुर्याइएको छ । पनातिनी र पनातिहरूको तर्फबाट गरिएको सो थप रकम अक्षयकोष संरक्षक तथा वरिष्ठ समाजसेवी श्रीमती विष्णुदेवी बान्तावाज्यूले चेकमार्फत बुङ्वाखा सम्पादक पदम राईलाई पितृहरूलाई सम्झने दिनको अवसर पारी २०७७ साल भदौ ३ गते निजी निवास लाजिम्पाटमा हस्तान्तरण गर्नुभएको छ ।
आफ्ना पूजनीय मामा श्रीमती विष्णुदेवी बान्तावाज्यू र पापा पूर्व मुख्य अञ्चलाधीश स्व. मकर बहादुर बान्तावाज्यूको सम्मानमा उहाँहरूका सन्तानहरूले सो अक्षयकोष स्थापना गर्नुभएको हो । अक्षयकोष संस्थापक सदस्य तथा बुङ्वाखा सल्लाहकार श्री राजेन्द्र बान्तावाज्यूका अनुसार अक्षयकोष र पुरस्कार राशीमा समयसापेक्ष रकम थप हुँदै जाने जानकारी दिनुभएको छ ।

LEAVE A REPLY