१६औं वार्षिकोत्सवको मिति सर्‍यो

0
122

 

कारण– कोरोना महामारी । मिति पछि सार्वजानिक गरिेने ।

‘बुङ्वाखा’को १६औं वार्षिकोत्सव अनिश्चितकालीन समयको लागि मिति सारिएको छ । वर्तमान कोरोना महामारीले उब्जाएको विषम परिस्थितिको कारण यो निर्णय गरिएको हो । बुङ्वाखाले हरेक वर्षको मङ्सिर २४ गतेलाई आफ्नो स्थापना दिवसको रूपमा मनाउदै आएको छ ।

देशभर कोरोनाको सक्रिय प्रभाव भइरहेको अवस्थामा आफै र समुदायलाई जोगाउनु अहिलेको अवस्थामा हाम्रो पहिलो कर्तव्य हो । अब सो वार्षिकोत्सव कहिले हुन्छ भन्ने कुरा कोरोनाको असरमा भर पर्नेछ । आगामी कार्यक्रमको मिति कोरोनाको प्रभाव कम हुँदै गएपछि सार्वजानिक गरिनेछ ।

बुङ्वाखाले हरेक वर्ष प्रदान गर्दै आएका पुरस्कारहरूको एक महिनाअघि नै छनोट गरी जानकारी दिइँदै आइएकोमा ती पुरस्कारहरूका घोषणा पनि आगामी कार्यक्रमको मिति सार्वजानिकसँगै गरिनेछ । तर, वार्षिकोत्सवको अवसरमा हरेक वर्ष आयोजित बान्तावा कविता प्रतियोगिता भने निश्चित समयमा नै अनलाइनमार्फत सम्पन्न गरिनेछ ।

LEAVE A REPLY