किसन राईको स्वरमा “ यो मन मेरो दोमन भो” सार्वजनिक (भिडीयो सहित)

0
50

किसन राईको स्वरमा रहेको गीत ‘यो मन मेरो दोमन भो’ सार्वजानिक भएको छ । दिनेश ‘काजी’ बान्तावाको सङ्गीत, सञ्चारकर्मी अमरध्वज लामाको शब्द र देबेश राईको एरेञ्ज, मिक्सिङ÷माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । भीमफेदी गाईजका निर्मलकुमार लामा (बिजी)ले निर्देशन गरेको गीतको भिडियोमा एलिसा राई, निर्मलकुमार लामा, मन्जित वाईबा, अन्जान मोक्तान कान्छा र गायक किसनको अभिनय छ । सेवा रेकर्डिङ्गमा रेकर्ड गरिएको गीतको भिडियो किसन राई अफिसियलबाट सार्वजनिक गरिएको हो । पवन सुस्लिङको छायांकन, सम्पादन र कलरिङ रहेको भिडियोमा डोल्मोको सौन्दर्यता र जीवनशैलीलाई मन पराउने भिन्न भिन्न उमेर समूहका युवाहरूको डोल्मोप्रतिको आकर्षणलाई बिषय बस्तु बनाइएको छ । गायक किसन राई बेलायत (गोर्खा) सेनामा बिगत लामो समयदेखि सेवारत छन्, उनको पहिलो गीती एल्बम (JOON) सन् 2004 मा बजारमा निकालेको थियो । गायक बेलायतमा बिभिन्न सांगीतिक तथा सांस्कृतिक कार्यक्रमहरू आयोजना गर्नको साथै सामाजिक काममा अभियान्ताको रूपमा पनि सक्रिय छन् ।

LEAVE A REPLY