बुङ्वाखा–युके सायाचोङ्‌मा पुरस्कार घोषणा

0
77

बुङ्वाखामा पचास हजार रुपैयाँ राशीको ‘बुङ्वाखा–युके सायाचोङ्‌मा पुरस्कार– २०७७’ स्थापना भएको छ । पुरस्कारको लागि चार लाख रुपैयाँको बुङ्वाखा–युके सायाचोङ्‌मा अक्षयकोष गत मङ्सिरमा स्थापना भइसकेको छ । बेलायतमा बस्‍नुहुने बान्तावा र अन्य राई समुदाय दाता रहनुभएको यो पुरस्कार स्थापना गर्नमा बुङ्वाखा युके चेन्चेक्‌वा मान बहादुर राई (मानन्द)को अग्रणी भूमिका रहेको छ ।

बुङ्वाखाको स्थापना र स्थापित पत्रिकालाई निरन्तरता दिनुहुने, पत्रिकालाई अप्ठ्यारो परेको बेला नेतृत्वदायी भूमिका खेल्नुहुने, बुङ्वाखा मूल अक्षयकोषलगायत विभिन्न पुरस्कारहरु स्थापना गर्नमा भूमिका खेल्नुहुने र बुङ्वाखालाई पत्यक्ष–परोक्ष सहयोग गर्नुहुने व्यक्तित्वहरूमध्ये प्रत्येक वर्ष एक जनालाई यसै वर्षदेखि प्रदान गरिनेछ ।

LEAVE A REPLY