बुङ्वाखा–रनमाया चेन्चेक्‌वा पुरस्कारमा ४ हजार वृद्धि

0
84
स्व. रनमाया राई

‘बुङ्वाखा–रनमाया चेन्चेक्वा पुरस्कार– २०७७’ मा ४ हजार रकम वृद्धि गरी १० हजार पुर्याइएको छ । प्रस्तावित अक्षयकोष सदस्य तथा बुङ्वाखा सल्लाहकार श्री चन्द्रकुमार राई हतुवालीले यसबारे जानकारी दिनुभएको हो । यस अघि सो पुरस्कारको राशी रु. ६ हजारको थियो । आगामी मङ्सिर २४ गते इटहरीमा आयोजना हुने बुङ्वाखाको १६औं वार्षिकोत्सवमा बुङ्वाखा चेन्चेक्वा (संवाददाता)हरूमध्ये एक जनालाई छनोट गरी वृद्धिसहितको पुरस्कार अर्पण गरिनेछ ।
आफ्ना पूजनीय हजुरआमा स्व. रनमाया राईको स्मृतिमा हतुवाली र परिवारले यो पुरस्कारको लागि रु. २ लाखको अक्षयकोष बुङ्वाखामा स्थापना गर्ने प्रस्ताव गर्नुभएको छ ।

LEAVE A REPLY