पदम राई
(फेसबुक वाल मिति २०७५ जेष्ठ २६ गतेबाट साभार)
…
किरातीले किन जाँड, रक्सी खान्छन्? बाहुनले किन गहुँत खान्छन्?
जान्न चाहनुहुन्छ भने ‘नभनिएको कथा नगाइएको गीत’ ऐतिहासिक नाटक हेरे हुन्छ ।
हतुवा राज्यमा अटलसिं राई कसरी हार्नुभयो? हार्नेको इतिहास किन लेखिएन? ‘काठा’ र ‘किरुवा’हरूको त्यो युद्व के एकीकरणकै निरन्तरता थियो? सयौं प्रश्नहरूको अनुमानित उत्तर नाटकले खोजेको छ । इतिहासै नलेखिएपछि, अझ हरुवाको इतिहासै नभएपछि के नै बाँकी रहन्छ र? यधपि हतुवा हारेको थिएन, हराइएको थियो । हरिचन्द्र पोखरेलजस्ता त्यै हतुवा भूमिको पानी खाएका खलपात्रहरूको कारणले सुन्दर हतुवा कुरुप पारिएको थियो । हतुवा आफै हारेको हैन, र हार्ने पनि छैन ।
लेखक प्रोफेसर डा. विष्णु एस् राई, परिकल्पना/निर्देशक प्रवीण पुमा र कलाकारहरूलाई म त्यही अटलसिं राईको सन्तानको तर्फबाट मुरीका मुरी बधाई अनि हार्दिक आभार पनि ।
अढाई सय वर्षअघिको कथाले तपाईंलाई हसाउँछ, रुवाउँछ । तपाईंको दिमाग र मुटुलाई मन्थन गराउछ ।
यो नाटक ललितपुरस्थित विशालचोकमा रहेको बेरी जोह्न थिएटरमा २०७५ जेठमा प्रदर्शन गरिएको थियो ।
…
हाल यो नाटक SUMNIMA THEATRE YouTube Channel मा निर्देशक प्रवीण पुमाज्यूले अपलोड गर्नुभएको हो । साभारको लागि उहाँसँग अनुमति लिई भिडियो यो Bungwakha YouTube Channel मा अपलोड गरिएको छ । यसको लागि पुमाज्यूप्रति बुङ्वाखा खिम्पाङ आभार व्यक्त गर्दछ ।
यो नाटकलाई हेर्नको लागि तलको लिङ्कमा क्लिक गर्नुहोला ।
फोटोः इन्द्रकला साम्पाङ राई