असोज २६/यलाखोम
बुङ्वाखाको सल्लाहकारमा मान बहादुर राई (मानन्द)लाई मनोनयन गरिएको छ । ‘बुङ्वाखा–युके सायाचोङ्मा अक्षयकोष– २०७६’को तर्फबाट उहाँलाई सो पदमा मनोनयन गरिएको हो । उहाँकै पहलमा बुङ्वाखामा गत साल चार लाख रुपैयाँ राशीको सो अक्षयकोष स्थापना भएको हो । अक्षयकोषको मूलधन बढाउदै लैजाने उहाँको योजना रहेको छ । आगामी मङ्सिर २४ गते इटहरीमा हुने बुङ्वाखाको १६औं वार्षिकोत्सवमा सो पुरस्कार पहिलोचोटी प्रदान गरिनेछ ।
भोजपुर आमचोक– १० पाङ्चा, मार्जाटाङमा जन्मिनुभएका राई हाल बेलायतमा बसिरहनुभएको छ । उहाँ बान्तावा हाङ्खिम पाछाको सुबि उपपाछा हुनुहुन्छ ।