यलाखोम/बुङ्वाखा
बुङ्वाखाको १६औं वार्षिकोत्सवको अवसरमा आयोजित ‘१६औं बान्तावा अनलाइन कविता प्रतियोगिता’को कविताहरू बुङ्वाखा युट्युब च्यानलमार्फत सार्वजानिक गरिएका छन् । मङ्सिर २४ गते हुने भनिएको प्रतिष्पर्धा कोरोना महामारीको कारण हुन नसकेकोले अन्तिम समयमा भिडियो कविताहरूको आव्हान गरिएको थियो ।
‘३६ वटा कविताहरूबाट अब ‘उत्कृष्ट १६’ र ‘उत्कृष्ट ३’ छनोट गरिनेछ,’ कविता संयोजक तथा बुङ्वाखा सह-सम्पादक असीम बान्तावाले जानकारी दिनुभएको छ । ‘दर्शकहरूले बढो रुचिका साथ कविताहरू हेरिरहनुभएको छ,’ उहाँले थप्नुभयो ।
प्रतियोगिताको लागि जम्मा प्राप्त ३६ वटा र अप्रयोगी ३ गरी जम्मा ३९ वटा कविताहरू युट्युबमा हेर्न सकिन्छ ।
(पूरै कविताहरू हेर्नको लागि तलको लिङ्क खोल्नुहोला ।)