सह-सम्पादक असीम बान्तावा पुरस्कृत

0
105

यलाखोम ।
बुङ्वाखा मासिकका सह-सम्पादक तथा बान्तावा साहित्यकार असीम बान्तावा पुरस्कृत हुनुभएको छ । उहाँ ‘प्रसाद राई स्मृति साहित्य पुरस्कार २०७७’ बाट पुरस्कृत हुनुभएको हो । पुरस्कारको राशी २० हजार रुपैयाँ र कदरपत्र रहेको छ । किरात राई बान्तावा खिम केन्द्रीय कार्यसमितिको रोहबरमा रहेको सो पुरस्कार साहित्यकार स्वर्गीय प्रसाद राईको स्मृतिमा उहाँको परिवारले स्थापना गर्नुभएको हो । अक्षयकोषको राशी २ लाख रुपैयाँ रहेको छ ।
बान्तावा खिमको आयोजनामा गत माघ १० गते इटहरीस्थित असीम बान्तावालाई सो पुरस्कृत गरिएको हो । किरात राई यायोक्खाका अध्यक्ष तथा प्रमुख अतिथि दिवस राईले सो पुरस्कार प्रदान गर्नुभएको छ । बान्तावा खिमको वार्षिक साधारणसभाको अवसर पारी पुरस्कार वितरण गरिएको हो ।

कार्यक्रम बान्तावा खिमका अध्यक्ष ज्ञान किरातीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

यस अघि २०७४ सालमा यो पुरस्कार बुङ्वाखा सम्पादक पदम राईलाई प्रदान गरिएको थियो ।

LEAVE A REPLY