(नेपाली भाषामा)
‘साङ्केन क्रियसन’को आयोजनामा ‘साकेला फोटो कन्टेस्ट– ५०८१’ मा खोटाङकी मीना पुमा राई प्रथम हुनुभएको छ । उहाँ पेशाले गायिका पनि हुनुहुन्छ । त्यस्तै खोटाङकै सजिना चाम्लिङ राई दोस्रो र काठमाडौंकी सोनिया थुलुङ राई तेस्रो हुनुभएको छ ।
प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमशः १५, १० र ५ हजार रुपैयाँ बराबरको ‘साङ्केन क्रियसन’को सपिङ कुपन पाउनुभएको छ ।
उँभौली साकेन्वा/साकेवा २०७८ का अवसरमा आयोजित सो प्रतियोगिता जेठ १० देखि २१ गतेसम्म अनलाइन फेसबुकमार्फत सञ्चालन भएको थियो । त्यसको नतिजा जेठ २२ गते सार्वजानिक गरिएको हो । सो प्रतियोगितामा किराती भेषभूषामा खिचिएको फोटोहरू ‘साङ्केन क्रियसन’ फेसबुक पेजबाट सार्वजानिक गरी ‘लाइक’को आधारमा विजेता घोषणा गरिएको हो । जसअनसार प्रथमले १ हजार ७ सय ७५, दोस्रोले १ हजार ४ सय ८ र तेस्रो हुनेले ७ सय १२ लाइक प्राप्त भएको थियो ।
‘जीवनमा पहिलोपटक प्रतियोगितामा सहभागी भएकी थिएँ,’ विजयी भएपछि मीना राईले सामाजिक सञ्जाल फेसबुक लाइभमा उनले भन्नुभयो, ‘प्रतियोगिता सानो, ठूलो हुँदैन । यो विजय ममात्र नभएर मेरा इष्टमित्र, शुभचिन्तक, साथीभाइ सबै विजयी बन्नुभएको अनुभूति गरेकी छु ।’
वेस्ट फोटोमा विजय प्रथम
‘बेस्ट फोटो अवार्ड’बाट भोजपुरका विजय छाङ्छा राई, पोखराका सचिता राई र सिक्किमका मणि राई क्रमशः प्रथम, दोस्रो र तेस्रो हुनुभएको छ। विजेता तीनैजनाले युगल रूपमा काठमाडौं दक्षिणकालीस्थित बोसनडाँडामा रहेको ‘ब्ल्यु माउन्टेन रिसोर्ट’मा एक दिन रातको प्याकेज पाउनेछन् ।
दैनिक पोष्टमा ११ जना छानिए
‘डे बाई डे पोस्ट’मा माथिमा विजेताबाहेक सबैभन्दा बढी ‘लाइक’ पाउने ११ जना छनोटमा पर्नुभएको छ । छनोटमा पर्नेमा पंकज सिप्तुङखा राई– झापा (५०१), श्रृति राई– इटहरी (४९०), निर्जला राई– काठमाडौं (४३५), मेरी राई– इलाम (४२७), ममता खोम्युङ्खा राई– मोरङ (३७९), निता राई– धरान (३५७), शिम्रन थुलुङ– काठमाडौं (२५४), मनिषा राई– खोटाङ (२२६), राजन साम्पाङ– सुनसरी (१६६), देवीराम राई– सिक्किम (१३५) र आशिका राई– सिक्किम (६१) रहनुभएको छ । विजयीहरूले ‘साङकेन क्रियसन’बाट १ हजार बराबरको सपिङ कुपन पाउनुभएको छ ।
प्रतियोगिताको अनलाइन विजेता घोषणा गर्ने कार्यक्रममा ‘नेपाल आदिवासी चेम्बर्स अफ् कमर्स’को अध्यक्ष तथा उधोगपति तेजबहादुर थुलुङ राई, विशेष अतिथिहरूमा ‘किरात राई यायोक्खा’ काठमाडौं जिल्ला कार्यसमितिका अध्यक्ष प्रमिला राई, गोर्खाज् फाइनान्सका शम्भु राई र युनिटेक मिडिया प्रालिका सुरज राई हुनुहुन्थ्यो । त्यस्तै, हङकङबाट समाजसेवी किन्दर राई, साउदी अरबबाट समाजसेवी वीरबहादुर राई, अमेरिकाबाट खुसी राई र काठमाडौंबाट तेज बान्तावा राईको ‘जुम’मार्फत अनलाइन उपस्थिति रहेको थियो ।
‘साङ्केन क्रियसन’ सञ्चालक खुसेनिछो चाम्लिङका अनुसार यो प्रतियोगितामा देश-विदेशबाट ३ सय १३ जना प्रतिस्पर्धीहरू सहभागी हुनुभएको थियो । ‘यो प्रतियोगिता पहिलोचोटी आयोजना गरिएको भएता वृहत सहभागिता र सहयोगको लागि सबैलाई धन्यवाद छ,’ उहाँले थप्नुभयो ‘साङ्केन क्रियसन’ले किराती भेषभूषा, सांस्कृतिक सामग्रीहरूको व्यावसाय तथा प्रचार-प्रसार गर्दै ल्याएको छ । यसको सञ्चालन चन्द्रा चाम्लिङ र खुसेनिछो चाम्लिङले गर्नुभएको छ ।
खुसेनिछोका श्रीमानसमेत रहनुभएका व्यावसायी तेज बान्तावा राईका अनुसार यो प्रतियोगिताको सुरुवात गर्नेबारे गत सालको लकडाउनमै दिमागमा खेलेको बताउनुभएको छ । उहाँका अनुसार ‘पोहोर सालदेखि नै किरात राईहरूले साकेन्वा/साकेला नाच्न नपाउनुभएकोमा यस्तो अवस्थामा के गर्न सकिन्छ भनेर सोच्दै गर्दा सो चाडमा लगाउदै आएको भेषभूषाको फोटो प्रतियोगिता किन नगर्ने’ भनेर यसको सुरुवात गरिएको हो ।’
यो प्रतियोगिता वर्षेनी आयोजना गरिने छ ।
…
(बान्तावा भाषामा)
लावाछापदा मिना बुदाउ
‘साकेला फोटो कन्टेस्ट ५०८१’ छोमासि (साङ्केन क्रियसन लावाछाप छोमासि)दा खोटाङ जन्तेढुंगादाओ मिना पुमा राइ बुदाउ मलिसायुङ्सा । मोहाङा खोटाङदाओ सचिना चाम्लिङ राइ हुवाउ कि यलाखोमदाओ सोनिया थुलुङ राइ सुम्काउ मलिसायुङ्सा । छोमासि काचिपेन ‘साङ्केन क्रियसन’आ दोङ्वाङा साकेन्वा यलेदोङ ५०८१ ओ नु योक्दा बुत्मा लिसाओ युङाङा । अनलाइन फेसबुसलाम्पा किरावा तित हुम्मा कि लिसाओ मो छोमासिदा साङ्को लावाछाप बड्ढेसाआ नङा नुमा मु (लाइक तोक्तु), खो छोमासि लिसाओ युङाङा । मोत्नि बड्ढे ‘लाइक’ तोक्तुकि बुदाउ लिसाओ पुमाआ १ भोम ७ बोम कि ७५ कापाङआ नङा नुमा लिसाओ युङाङा । चाम्लिङआ १ भोम ४ बोम कि ८ कातेत कि थुलुङआ ७ बोम १२ कातेत लाइक तोक्तुओ युङाङा । बुदाउ, हुवाउ कि सुम्काउ कालिआ साङ्केन क्रियसनलाम्पा खाम्मा खुइ खित्मा १५ भोम, १० भोम कि ५ भोम बाराबोरिचओ भउचर तोक्मा लिसाओ युङ्याङ ।
‘हाङ्पोकदा बुदाउ खेपि वाको काचिपेनदा भागा लाआङ्ओ युङाङा । ओ छोमासिदा अङ्का माआङ, यावाकुवा, रिमिपाङ्मि, अङ्का कासिन मनाचि मछोसाओ नि मिन्माङा’ छोमासिदा बुदाउ लिसादेङ मिना राइ फेसबुक लाइभ मताकि मयङाओ युङ्याङ । खोसाआ ‘सिरिफा चित्को, ढिवाङ माआङ्कि मो तोक्मा ङा ढिवाङदुम युङ्याङ’ निओ दुम छाङ लुओ युङाङा ।
‘साङ्केन क्रियसन’आ ‘डे बाइ डे पोस्ट’ (अलेन्कोन फेसबुकदा लावाछाप खाङ मुमा)ओ छोमासि छाङ युङ्सुओ युङाङा । मोदा बुदाउ, हुवाउ कि सुम्काउ कालि बाहेका ११ कापाङआ बड्ढे ‘लाइक’ कातोक्चि छाङ छेन्मा मलिसाओ युङाङा । मोत्नि छेन्मा लिसाओदा पंकज सिप्तुङखा राइ– झापा (५०१), स्रुति राइ– इटहरि (४९०), निर्जला राइ– यलाखोम (४३५), मेरि राइ– इलाम (४२७), ममता खोम्युङ्खा राइ– मोरङ (३७९), निता राइ– धरान (३५७), सिम्रन थुलुङ– यलाखोम (२५४), मनिसा राइ– खोटाङ (२२६), राजन साम्पाङ– सुनसरि (१६६), देविराम राइ– सिक्किम (१३५) कि आसिका राइ– सिक्किम (६१) मयुङाङा । खोचिआ ‘साङ्केन क्रियसन’लाम्पा १ भोम कायाङ बाराबोरिओ खाम्माखुइ खित्मा भउचर अतोक्ताओ युङ्याङ ।
वेस्ट फोटो अवार्डदा विजय बुदाउ
छोमासिदा ‘बेस्ट फोटो अवार्ड’ (अखान्नुमा लावाछाप सिरिफा) छाङ लिसाओ युङाङा । मो छोमासिदा भोजपुरादाओ विजय छाङ्छा राइ बुदाउ, पोखरायाओ सचिता राइ हुवाउ कि सिक्किमयाओ मनि राइ सुम्काउ मलिसायुङ्सा । झाराक्आ अक्छा यावानेन यलाखोम बोसन भरदाओ ‘ब्लु माउन्टेन रिसोर्ट’दा अक्लेन अक नाम्पक युङ्माओ निम्पाङ प्याकेज अटोक्टायुङ्सा ।
‘साङ्केन क्रियसन फोटो कन्टेस्ट– ५०८१’ दा भागा कालाप्चिओ निम्पाङ अदेङ्दाओ छोमासि छेन्मायु निम्पाङ वापुङ २२ लेन्टा अनलाइन लाम्पा मुवाओ युङाङा । मो छोमासि काचिपेनओ निम्पाङ वापुङ १० दाङ्का २१ लेन्टातारि फेसबुकदा लावाछाप्चि पाक्मा मलिसाओ युङाङा ।
मो छोमासि काचिपेनओ छेन्मायु ढितावाङदा ‘नेपाल आदिवासि चेम्बर्स अफ् कमर्स’ओ ढुवाटाङ तेजबहादुर थुलुङ राइ, चुक ढुवाटाङदा ‘किरात राइ यायोक्खा’ यलाखोमओ ढुवाटाङमा प्रमिला राइ, गोर्खाज् फाइनान्सओ सम्भु राइ, युनिटेक मिडिया प्रालिदाओ सुरज राइ, हङकङयाङ्का साप्टेन्मि किन्दर राइ, साउदि अरबयाङ्का साप्टेन्मि विरबहादुर राइ, अमेरिकायाङ्का खुसि राइ कि यलाखोमदाङ्का तेज बान्तावा मयुङाङा । छोमासि काचिपेन अनलाइन ‘जुम’लाम्पा लिसाओ युङाङा ।
‘साङ्केन क्रियसन’ काटुङ्मा खुसेनिछो चाम्लिङओ ओन्सामि ओ छोमासि काचिपेनदा हाङ्होन–निहाङ्होनदाङ्का झाराक सुम्का बोम १३ कापाङआ भागा लाप्मा लिसाओ युङाङा । ‘ओ बुदाउ खेपि बुत्मा लिसाओ काचिपेनओसा अनङ्वा दुम लिसा । हान तायाङ्ओ दोङ्दा छाङ नुलोक मुखा खात्मादोत’ निओ दुम खोसाआ खा लुसुओ युङ्याङ । ‘साङ्केन क्रियसन’ किरावा तित, किरावा खाम्माखुइ इन्खा अनलाइन इन्खा युङ्याङ । ओ चन्द्र चाम्लिङ कि खुसेनिछो चाम्लिङचिआ अतुङ्याङ्ओ युङ्याङ ।
खुसिनिछोओ खिमहाङ्पा तेज बान्तावाओ ओन्सामि ओ छोमासि काचिपेन अङ्का मित्तुङ लोइसुङ्ओ निकि खायङ पमा लिसाओ युङ्याङ । ‘आनेम्नङदाङ्का साकेन्वाओ बेन लाक लुमा काचि छाङ मान्लियुक । साकेन्वादा किरावा तित महुम्कि मतायाङओ दुवाछा–मेछाछाचिओ लावाछापओ छोमासि मुम्कि नु हे’ नि मिनाङ्कि ओ पुङ्मा लिसाओ युङाङा ।
छोमासि अदोङकोन मुमा लिओ दुम युङ्याङ ।