
साउन ८/माइ इलाम
इलामस्थित माइ नगरपालिका- १० लुम्बाकमा किरात राई बान्तावाहरूको एक अनौपचारिक बुङ्वाखा भेला साउन ८ गते सम्पन्न भएको छ। स्थानीय नरबहादुर माङ्पाहाङ राईको निजी निवासमा उहाँको सकृयतामा सो भेला भएको हो। उक्त भेलामा बुङ्वाखा सहसम्पादक तथा प्रदेश १ संयोजक असीम बान्तावाको उपस्थितिमा स्थानीयबासीहरुलाई बान्तावा भाषाको एकमात्र नियमित मासिक पत्रिका बुङ्वाखाको परिचय, उद्देश्य तथा कार्यनितिहरुबारे संक्षिप्त जानकारी गराउँदै लोप हुन लागिरहेको आफ्नो मातृभाषाको संरक्षण गरौं भन्ने कुरामा जोड दिइएको थियो।
सो भेलामा उपस्थित सबैलाई बुङ्वाखाको तर्फबाट स्वागत तथा धन्यवाद ज्ञापन गरिएको थियो।