प्रेस नोट
बान्तावा राई भाषामा प्रकाशित भइरहेको ‘बुङ्वाखा’ (फूलबारी) मासिकमा स्थापित विभिन्न पुरस्कार र पुरस्कृत व्यक्तिहरूको नाम घोषणा गरिएको छ ।
१. ‘बुङ्वाखा–विष्णु–मकर बान्तावा राष्ट्रिय पुरस्कार– २०८०’
आमचोक गाउँपालिका ३, थिदिङ्खा, भोजपुरमा जन्मिनुभएका श्री निराजन राई (राजालिम)ले ‘दिलाक्लाम’ (बान्तावा कथासङ्ग्रह), ‘चुङ्नाम्बु’ (बान्तावा निबन्धसङ्ग्रह), ‘किरावा यङ्ओ सालाम्चि’ (बान्तावा कवितासङ्ग्रह), ‘सेमुना’ (बान्तावा गीतिएल्बम), ‘छोङ्खा साकेन्वा’ (सांस्कृतिक वृत्तचित्र, निर्देशन), खोक्चिलिपा (नेपाली मिथकसङ्ग्रह) लगायत करिब १ दर्जन कृतिहरूका लेखन र प्रकाशन गर्नुभएकोमा यो पुरस्कार प्रदान गरिने भएको छ । ताम्रपत्रसहित पुरस्कारको राशी ६० हजार २ सय ९१ रुपैयाँ रहेको छ ।
पूर्व मुख्य अञ्चलाधीश स्व. मकरबहादुर बान्तावा र उहाँकी श्रीमती विष्णुदेवी बान्तावाको सम्मानमा उहाँहरूका परिवारले सो पुरस्कारको लागि बुङ्वाखामा अक्षयकोष स्थापना गर्नुभएको हो ।

२. ‘बुङ्वाखा–युके सायाचोङमा पुरस्कार– २०८०’
भोजपुरको हतुवागढी गाउँपालिका ३, सिन्द्राङ माक्साहुतमा जन्मिनुभएका श्रीमती चन्द्रकुमारी राई (चङमायुमा राई) बुङ्वाखा सल्लाहकारको रूपमा रही उल्लेखनीय भूमिका खेलिरहनुभएको साथै बुङ्वाखामा निरन्तर लेख, रचनामार्फत सहयोग गरिरहनुभएकोले यो पुरस्कार प्रदान गरिने भएको छ । ताम्रपत्रसहित पुरस्कारको राशी ५० हजार रुपैयाँ रहेको छ ।
बुङ्वाखा संरक्षक मानबहादुर राई (मानन्द)को पहल र संयोजकत्वमा बेलायतमा बसोबास गरिरहनुभएका बान्तावा र गैरबान्तावाहरूको सहभागितामा यो पुरस्कारको लागि अक्षयकोष स्थापना गर्नुभएको हो ।

३. ‘बुङ्वाखा–पञ्चकुमारी सङ्गीत पुरस्कार– २०८०’
धनकुटाको सहिदभूमि गाउँपालिका ३ छिन्ताङमा जन्मिनुभएका ‘आन नÞङा नुयाङ’ लगायत बान्तावा गीतका रचनाकार, संगीतकार र गायक श्री दधिराम राई (लुगुन) लाई यो पुरस्कार प्रदान गरिने भएको छ । कदरपत्रसहित पुरस्कारको राशी ४० हजार रुपैयाँ रहेको छ ।
स्वर्गीय आमा पञ्चकुमारी राईको स्मृतिमा दाजुभाइद्वय गीतकार जीवन मुकारुङ र गायक तथा सङगीतकार अशोक मुकारुङले सो पुरस्कारको लागि अक्षयकोष स्थापना गर्नुभएको हो ।

४. ‘बुङ्वाखा–रनमाया चेन्चेक्वा पुरस्कार– २०८०’
जन्तेढुङ्गा गाउँपालिका २, बोपुङ खोटाङमा जन्मिनुभई बुङ्वाखा खोटाङ संवाददाताको रूपमा कार्यरत श्री नारदमणि राई (मणि बान्तावा)लाई यो पुरस्कार प्रदान गरिने भएको छ । कदरपत्रसहित पुरस्कारको राशी १० हजार रुपैयाँ रहेको छ ।
बुङ्वाखा सल्लाहकार चन्द्रकुमार राई ‘हतुवाली’ र उहाँको परिवारले आफ्ना बजु रनमाया राईको स्मृतिमा पुरस्कारको लागि अक्षयकोष स्थापनाको लागि प्रस्ताव गर्नुभएको छ ।

५. ‘बुङ्वाखा–धनेन्द्र बादिहाङ स्मृति पुरस्कार– २०८०’
भोजपुरमा जन्मिएर हाल बेलका नपा ७, डाँडाटोल, उदयपुर निवासी बुङ्वाखा नियमित स्तम्भकार श्री चन्द्रकुमार खालिङ राईलाई यो पुरस्कार प्रदान गरिने भएको छ । कदरपत्रसहित पुरस्कारको राशी १० हजार रुपैयाँ रहेको छ ।
आफ्ना भाइ धनेन्द्र बादिहाङको अल्पायुमै स्वर्गारोहण भएकोमा दाजु टीकाराम बादिहाङ राई र परिवारको पहलमा सो पुरस्कारको लागि अक्षयकोष स्थापना गर्नुभएको हो ।

६. ‘बुङ्वाखा–श्यामराज दुब्देङहाङ स्मृति पुरस्कार– २०८०’
बुङ्वाखाको ‘१९औँ बान्तावा कविता प्रतियोगिता’मा पहिलो, दोस्रो र तेस्रो हुने कविहरूलाई यो पुरस्कार प्रदान गरिने छ । पुरस्कारको राशी क्रमशः रु. २० हजार, रु. १५ हजार र रु. १० हजार रहेको छ । श्यामराज दुब्देङहाङका छोरीद्धय मीना राई र सपना राई साथै भतिजी छोरी अञ्जना राईले आफ्ना पापा/काकाको स्मृतिमा सो पुरस्कारको लागि अक्षयकोष स्थापना गर्नुभएको हो ।
…..
बुङ्वाखा ‘१९औं वाषिर्कोत्सव’को अवसरमा आगामी मङ्सिर २३ र २४ गते खोटाङस्थित जन्तेढुङ्गा गाउँपालिका चिसापानीमा बान्तावा साहित्य महोत्सव आयोजना हुने भएको छ । सो कार्यक्रममा यी पुरस्कारहरू श्रष्टाहरूलाई अर्पण गरिने छ ।
पदम राई
(सम्पादक/कार्यक्रम संयोजक)
मितिः २०८०/०८/१५