२०औं बान्तावा कविता प्रतियोगिता

0
27

असोज २४/यलाखोम

बुङ्वाखाद्वारा आयोजित २०औं बान्तावा कविता प्रतियोगितामा सहभागीको लागि कार्तिक २४ गतेसम्म समयसीमा रहेको छ । बुङ्वाखा २०औं वार्षिकोत्सवको अवसरमा आगामी मङ्सिर २३ र २४ गते भोजपुरको हतुवागढी गाउँपालिकामा सो प्रतियोगिता हुने भएको हो । हतुवागढी महोत्सव २०८१ र बुङ्वाखाको संस्थापक संरक्षक स्व. तिलक वालाहाङको स्मृतिमा कार्यक्रम आयोजना गर्न लागिएको हो ।

यो सालदेखि वर्षेनी प्राप्त कविताहरूमध्ये पूर्व मूल्याङ्कन गरी १० वटा कविताहरू अन्तिम प्रतिष्पर्धाको लागि वाचनका लागि छनोट हुनेछन् । सो प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने कविहरूलाई ‘बुङ्वाखा-श्यामराज दुब्देङहाङ स्मृति पुरस्कार’को तर्फबाट क्रमशः २० हजार, १५ हजार र १० हजार राशी पुरस्कारले कविहरूलाई पुरस्कृति गरिने छ । स्व. श्यामराज दुब्देङहाङ राईको स्मृतिमा उहाँको भतिजी अञ्जना राई, जेठी छोरी मीना राई र कान्छी छोरी सपना राईले बुङ्वाखामा ५ लाख ५५ हजार ८८ रुपैयाँको अक्षयकोष स्थापना गर्नुभएको छ ।

LEAVE A REPLY