किसन राईको स्वरमा रहेको गीत ‘साइँली’ सार्वजानिक भएको छ ।
डि.आर. अटुको शब्द तथा सङ्गीत र राजु कार्कीको एरेञ्ज, मिक्सिङ र माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । निर्मलकुमार लामाले निर्देशन गरेको गीतको भिडियोमा नायिका एलिसा राई र गायक किसन राईको अभिनय रहेको छ । लिम्दुनी क्रियसन रेकर्डिङ्गमा रेकर्ड गरिएको गीतको भिडियो Kisan Rai Official YouTube Channel बाट सार्वजनिक गरिएको हो ।
पवन सुस्लिङको छायाङ्कन र सम्पादन रहेको भिडियोमा चल्चलेपन, सौन्दर्यता र जीवनशैली र युवाको साइककलीप्रतिको आकर्षणलाई विषयवस्तु बनाइएको छ ।